
काठमडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार बिहान सिंहदरबारमा हुन लागेको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिंहदरबारको प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन् ।
सांसदहरूको परिचयपत्र देखाएर मात्रै भित्र प्रवेश दिइएको छ । सांसदबाहेक अरूलाई प्रवेश निषेध गरिएको छ ।
बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि ८ः३५ बज्दा समेत मतदान प्रक्रिया सुरु हुन सकेको छैन् ।
कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी रहेको छ ।















प्रतिक्रिया