१ कार्तिक २०८३, आइतबार

महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । महुली लघुवित्त वित्तीय संस्थाले चार लाख १६ हजार १४७ कित्ता फर्दर पब्लिक अफरिङ (एफपीओ) सर्वसाधारणमा जारी गर्ने भएको छ ।

प्रिमियम मूल्यसहित शेयर जारी गर्न कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकसम्बन्धी सम्झौतामा महुली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।