१ कार्तिक २०८३, आइतबार

पश्चिम नेपालको यथार्थता बोल्ने ‘लिलू’लाई युट्युवमा सफलता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । ‘छाउपडी’को कथा उठान गरेर पाँच महिना पहिला सार्वजनिक गीत ‘लिलू’को सफलतापछि निर्माण युनिटले कास्ट एण्ड क्रुसहितको टीमलाई सम्मान गरेको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘लिलू’ मा संलग्न कलाकारहरूलाई सम्मान गरिएको हो ।

वरिष्ठ कलाकार मिथिला शर्माको हातबाट उक्त कार्यक्रममा गायिका रेखा जोशी, निर्देशक गौरव गिरी, गायिका गौरी भट्ट, गायिका पुजा देवकोटा, मोडल रोशनी कार्की, कलाकार भद्रजंग कुँवर, गायक रोहित देउवाको साथमा टिम मेम्बर इस्वु सञ्जेल, मुकेश सुनार र पशुपति कुँवरलाई सम्मान गरियो ।

गीतले युट्युवमा १ मिलियन भन्दा बढी भ्यूज पाएको छ, भने उत्कृष्ट बनेको भिडिओले दर्शक तथा शुभचिन्तकहरूबाट राम्रो प्रतिक्रिया पाइसकेको कलाकारहरूले बताएका छन् ।

https://youtu.be/tvC0ROW-Tig

भिडिओ र गीतसँगै गीतमा जोडिएका शब्दले पनि राम्रो प्रतिक्रिया पाउँदा रचनाकार गौरव गिरी र एलपी शर्मा दङ्ग छन् । भिडिओका निर्माता समेत रहेका एलपीले सामाजिक विषयवस्तुमा बनेको ‘लीलू’ ले हालसम्म पनि विधमान पश्चिमेली समाजको यथार्थ कथा बोल्ने भन्दै सामाजिक चेतनामूलक भिडिओ बनाउन पाउँदा आफू खुशी रहेको बताए ।

निजामती कर्मचारी समेत रहेका शर्मा छाउपडी प्रथा उन्मूलनका लागि धेरै कार्यक्रमहरु भइरहेको भए पनि अझै पनि यो प्रथा हट्न नसकेकोले सुदूरपश्चिम र मध्यपश्चिममा धेरै महिलाहरू पीडा भोग्न बाध्य भएको बताउँछन् ।

https://youtu.be/cr0d2NLhWgE

यसैबीच गायक रवि शर्मा र अनु चौधरीको स्वरमा नयाँ गीत ‘आस्था’ सार्वजनिक भएको छ । उक्त गीतको भिडिओमा रचनाकार शर्मा आफै अभिनयमा जोडिएका छन् भने उनको साथमा सुप्रिया बम ठकुरी, खुशी भट्टराई, मुकेश सुनार र विमल चौधरीलाई देख्न सकिन्छ ।

रवी शर्माको शब्दमा तयार गीतमा वसन्त कुँवरको छायांकन र वलवहादुर कुँवरको सम्पादन छ । गौरव गिरी भिडिओका निर्देशक हुन् । गिरीको निर्देशकिय क्षमताको तारिफ गर्दै कार्यक्रममा प्रमुख अतिथि रहेकी कलाकार शर्माले मुक्तकण्ठले प्रशंसा गरेकी थिइन् ।