५ कार्तिक २०८३, बिहिबार

नेपालको भूकम्प पीडितका लागि कतारमा उठ्यो दुई घण्टामै ७८ करोड रुपैंया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramzan-babu

दोहा, ३१ बैशाख । नेपालका भूकम्प पीडितका लागि कतारमा दुई घण्टामै ७८ करोड रुपैंया राहत संकलन भएको छ ।

कतारको सरकारी टेलिभिजनले आयोजना गरेको राहत संकलन कार्यक्रममा दुई घण्टाको अबधिमै कतारी नागरिकहरुले ७८ करोड रुपैंया (२८ मिलियन कतारी रियाल) घोषणा गरेका हुन् ।

कार्यक्रममा नेपाली समुदायका तर्फबाट प्रमुख वक्ताका रुपमा बोलाइएका कतार सरकारका परामर्शदाता रमजान अलिमियाँले विपतको यो क्षणमा नेपाली नागरिकलाई सहयोग गर्न आह्वान गरेका थिए । त्यसलगत्तै दुई घण्टे टेलिभिजन कार्यक्रमको अबधिमै कतारी नागरिकले २८ मिलियन कतारी रियालको घोषणा गरेका हुन् ।

यो रकम कतार सरकारका विभिन्न परोपकारी संस्थाका तर्फबाट नेपाल सरकारलाई छिट्टै हस्तान्तरण गरिने प्रो. मियाँले बताए ।