१ कार्तिक २०८३, आइतबार

तीन देशका राजदूतले राष्ट्रपति भण्डारीसमक्ष पेश गरे ओहोदाको प्रमाणपत्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन वटा देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

मंगलबार नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का आवासीय राजदूत तथा संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका गैरआवसीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला शइद मुवारक जरवान अलसामसी, ताञ्जानियाका राजदूत अनिसा कापुफी एमबेगा र सर्वियाका राजदूत सिनिसा पाभिकले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।