१ कार्तिक २०८३, आइतबार

सर्वाधिक मत ल्याएर विजयी भएका एमाले अध्यक्ष ओली सम्मानित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् ।

आज मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरबाटै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा ज्येष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले सम्मान गरेका हुन् ।

ओलीले झापा–५ बाट ५२ हजार ३१९ मत प्राप्त गरी प्रतिनिधि सभामा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सासदहरुलाई सामुहिक रुपमा अभिनन्दन गरिएको छ ।