१ कार्तिक २०८३, शनिबार

यो पटक कसले खुवाउँछन् प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई सपथ ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको सपथग्रहण पुस ७ गते बिहीबार हुँदैछ ।

नवनिर्वाचित सांसदहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसदसमेत रहेका पशुपति शमशेर जबराले शपथग्रहण गराउने भएका छन् ।

जबरा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्दा झण्डै दुई महिनाले जेठो भएकाले जबराले सपथ गराउने भएका हुन् । जबराभन्दा केसी १ महिना २६ दिनले कान्छो हुन् ।

संघीय संसद सचिवालयले जबरा र केसीको नगरिकताको अध्ययन गरेको थियो । संसद सचिवालयले सपथ गराउने ज्येष्ठ नागरिकको टुंगो लगाउँदै राष्ट्रपति कार्यालयलाई पत्र पठाएको छ ।

सचिवालयले जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउने व्यवस्थाका लागि अनुरोधसहित पत्र लेखेको हो । जबरालाई बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पहिला सपथ गराउनेछिन् ।

राष्ट्रपतिबाट सपथ लिएपछि जबराले अन्य सांसदलाई सपथ गराउनेछन् ।