
काठमाडौं, ४ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका जनसंगठनहरूको भूमिका अपेक्षाकृत नभएको बताएका छन् ।
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको सातौं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनमा जनसंगठनको भूमिका अपेक्षित हुन नसकेको बताएका हुन् ।
उनले आगामी दिनमा योजनावद्ध र व्यवस्थित ढङ्गले अगाडि बढ्न जनसंगठनहरूलाई निर्देशन समेत दिएका छन् । जनसंगठनहरूले वैचारिक र राजनीतिक कामलाई आफ्नो कामको केन्द्रीय विषय बनाउनुपर्ने तथा कार्यशैली र संगठनात्मक ढाँचामा परिवर्तन ल्याउनुपर्ने महासचिव पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले यस निर्वाचनमा भड्केको जनमतलाई पार्टीप्रति प्रतिबद्ध जनमतमा परिणत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसके पनि पाँचदलीय गठबन्धनको एमालेलाई सिध्याउने योजना विफल पारिएको बताएका छन् । घेराबन्दीको सामना गर्ने सामर्थ्य एमालेले राख्छ भन्ने सन्देश निर्वाचनमार्फत दिएको उनको जिकिर छ ।















प्रतिक्रिया