
काठमाडौं, ४ पुस । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले कैलालीमा सुनचाँदी व्यवसायी विकास सुनारमाथि गोली प्रहार गर्नेलाई अविलम्ब कारबाही गर्न माग गरेको छ ।
महासंघले आज सोमबार विज्ञप्ति जारी गरी कैलालीको अत्तरियास्थि ‘घोडाघोडी सुनचाँदी कारखाना उद्योगका सञ्चालक सुनारमाथि आइतबार दिनदाहाडै गोली हान्ने व्यक्तिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।
आइतबार साँझ करिब साढे ५ बजेको समयमा आफ्नो पसलबाट घर फर्कने क्रममा अत्तरिया चोक पुर्वतर्फ रहेको सशस्त्र प्रहरी ब्यारेक र पेट्रोल पम्पको बीचमा दुईजना अपरिचित व्यक्ति मोटरसाईकलमा आई एक्कासी गोलि हानेको र साथमा रहेको सुनचाँदीका गर–गहनाहरु र नगद भएको झोला लुटेर लगेको पिडित गहना व्यवसायी सुनारले बताएका छन् । उक्त घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाउँदै अपराधीमाथि कारबाही गर्न माग गरेको हो ।
व्यवसायी सुनारको हाल धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको र खतरामुक्त रहेको छ ।
















प्रतिक्रिया