
बुटवल, ४ पुस । नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला इञ्चार्ज एवम् मुस्लिम मुक्ति मोर्चाका इञ्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन् ।
प्रत्यक्षतर्फ रुपन्देहीबाट माओवादीका एक जना पनि उम्मेदवार विजयी भएका छैनन् ।















प्रतिक्रिया