१ कार्तिक २०८३, आइतबार

नेपाल टी–ट्वान्टी लिगमा सहभागी हुन ६ जना विदेशी खेलाडी नेपाल आइपुगे

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । शुक्रबारदेखि सुरु हुने नेपाल टी–ट्वान्टी लिगमा सहभागी हुनका लागि ६ जना विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

नेपाल टी–ट्वान्टीमा सहभागी हुने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरू सोमबार अपरान्ह नेपाल आएका हुन् ।

जनकपुर रोयल्सबाट खेल्नका लागि वेस्ट इण्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट काठमाडौं आएका छन् । त्यस्तै, विराटनगरमा अनुबन्ध भएका वेस्ट इण्डिजका आन्द्रे म्याकार्थी र किओन जोसेफ तथा अमेरिकाका गौरान्शु शर्मा र राज रकि नानन पनि नेपाल आएका छन् ।

उनीहरूलाई दुई क्लबका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । कीर्तिपुरस्थित टीयु मैदानमा पहिलो संस्करणको टी–ट्वान्टी लिग पुस ८ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछन् ।

पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार बीच प्रतिष्पर्धा हुनेछ ।