
काठमाडौं, ४ पुस । नेकपा एकीकृत समाजवादीका सम्मानित नेत झलनाथ खनालले मुलुकमा वाम–लोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना बलियो रहेको बताएका छन् ।
सोमबार काठमाडौमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले अहिले सरकार गठनको बिभिन्न कोणबाट छलफल भए पनि वाम–लोकतान्त्रिक शक्तिहरूकै सरकार बन्ने सम्भावना प्रवल रहेको धारणा व्यक्त गरेका हुन् ।
वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले यसअघि नै तोडेकाले अहिले वामपन्थी सरकार बन्न नसक्ने तर्क उनको छ । उनले आगामी सातासम्म सरकारको बारेमा टुङ्गो लाग्ने जिकिर पनि गरेका छन् ।
निर्वाचनबाट कसैले पनि बहुमत नपाएको वर्तमान परिस्थितिमा दलहरूबीच आपसी सहकार्य र सम्वाद गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।















प्रतिक्रिया