१ कार्तिक २०८३, आइतबार

कम्युनिष्ट आन्दोलन बिसर्जन भइरहेको देख्दादेख्दै वामपन्थी सरकारतिर फर्कन सकिदैन : नेपाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन बिसर्जन भइरहेको देख्दादेख्दै आफूहरू वामपन्थी सरकार बनाउने अवस्थामा फर्किन नसक्ने बताएका छन् ।

सोमबार काठमाडौमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको बताउँदै भएको विश्वास गुमाइसकेपछि फेरि पनि कम्युनिष्ट सरकार बन्न नसक्ने दाबी गरेका हुन् ।

कसैले गैरवामपन्थी सरकारको र कसैले वामपन्थीमात्रैको सरकार बनाउने कुरा गरिरहेको र त्यो दुई वटै सरकारको परिकल्पना असम्भव रहेको टिप्पणी गर्दै उनले भनेका छन्, ‘जनता अलमल्याउन वामपन्थी सरकारको कुरा आएका छन्, तर हामी यसलाई सजिलै गरी पत्याउन सक्दैनौँ । भएका विश्वास गुमाउने हुँदै नभएको विश्वास गरेर हामी घर न घाटको हुने त्यस्तो गल्ती हामी गर्न सक्दैनौँ ।’ कम्युनिष्ट आन्दोलन बिसर्जन भइरहेको देख्दादेख्दै पुरानै अवस्थामा आफूहरू फर्कन नसक्ने उनले स्पष्ट पारेका छन् ।

अध्यक्ष नेपालले गठबन्धनका दलहरु आन्तरिक छलफलमा रहेकाले एकै ठाउँमा बसेर सरकार गठनको समीकरण टुंगो लगाउने धारणा व्यक्त गरे । अहिलेकै गठबन्धनलाई लामो समयसम्म कायम आफूहरु प्रतिवद्ध रहेको भन्दै उनले गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार हुने नेता नेपालको भनाइ छ ।