
काठमाडौं, ४ पुस । संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसले आगामी बुधबार निर्वाचन गर्ने भएको छ ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिले निर्वाचनका लागि सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा समिति गठन गरेको छ ।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइराला आकांक्षी रहेका छन् ।
निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फबाट निर्वाचित भएका ८९ सांसदहरुले मतदान गर्नेछन् ।
















प्रतिक्रिया