१ कार्तिक २०८३, शनिबार

स्थानीय तहलाई आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु पर्छ: प्रधानमन्त्री देउवा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई क्रमश आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा नेपाल नगरपालिका संघको ८औँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमश आत्मनिर्भर संस्थाको रुपमा बिकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।

जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने गरी स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रुपमा पुरा गर्नुपर्ने देउवाले बताए ।

त्यस्तै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहज रुपमा कार्यसम्पादन गर्नुपर्ने धारणा राखे । उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने बताए ।

उनले मुलुकको बिकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह गम्भीर हुनुपर्ने जिकिर गरे ।