
काठमाडौं, ४ पुस । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य यथावत रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनचाँदी आइतबारकै मूल्यमा किनबेच भइरहेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ५ सय र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि यथावत रहेको छ ।
महासंघकाअनुसार आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया