
काठमाडौं, ४ मंसिर । अर्जेन्टिनासँग पराजित भएपछि निराश बनेका फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पेलाई फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सान्त्वना दिएका छन् ।

विश्वकपको फाइनलमा पराजित भएपछि दुःखी बनेका २३ वर्षीय एमबाप्पेलाई राष्ट्रपति म्याक्रोनले मैदानमै पुगेर सान्त्वना दिएका हुन् ।
फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोन कतारको लुसेल रंगशाला पुगेका थिए ।
विश्वकपको फाइनल खेलमा फ्रान्सका एमबाप्पेले ह्याट्रिक गोल गरेका थिए ।
















प्रतिक्रिया