१ कार्तिक २०८३, आइतबार

बीपीपुत्र सशांक कोइराला भन्छन्– चार पटक सांसद जितेँ अब मन्त्री बन्ने अभिलाषा छ (भिडिओ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका नेता एवम् विश्वेश्वर प्रसाद कोइरालाका छोरा सशांक कोइरालाले मन्त्री बन्ने चाहना प्रकट गरेका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि उनले आफूले चार–चार पटक सांसद जिते पनि अहिलेसम्म मन्त्री बनेर अनुभव संगाल्न नपाएको भन्दै उनले यो पटक मन्त्री बन्ने चाहना रहेको बताएका हुन् ।

‘शेरबहादुरजीलाई मैले भनेँ, चार/चार पटक सांसद जितेँ एकचोटी पनि मन्त्री भएको छैन । मलाई मन्त्री नै त हुनुपर्ने आवश्यकता छैन । किनभने खर्बौं रुपैयाँको बजेट मेरो क्षेत्रमा गएको छ,’ उनले भने, ‘तर मलाई के लाग्छ भने मन्त्री बनेर अलिकति अनुभव त प्राप्त गर्नुपर्‍यो नि । त्यसैले मन्त्री बन्छु भन्ने अभिलाषा त छ ।’

कोइरालाले आफूलाई जुन मन्त्रालय दिए पनि हुने स्पष्ट पारेका छन् । जुन मन्त्रालयको जिम्मेवारी दिए पनि इमानदार सात प्रभावकारी काम गर्ने योजना रहेको कोइरालाले बताएका छन् ।