
काठमाडौं, ३ पुस । कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ ।
अत्तरियामाल घोडोघाडी सुन चाँदी पसल सञ्चालन गर्दै आएका २८ वर्षीय विकास सुनुवारमाथि आइतबार साँझ गोली प्रहार भएको हो ।
मोटरसाइकलमा हिँडिरहेका बेलामा अर्को मोटरसाइकलमा आएका व्यक्तिहरुले सुनुवारलाई गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
सुनुवारको दायाँ हातमा गोली लागेको छ । उनलाई उपचारका लागि धनगढीस्थित मायाँ मेट्रो अस्पताल पठाइएको छ ।
गोली हान्नेहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया