
काठमाडौं, ३ पुस । प्रहरीले कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गरेको आरोप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ का सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ का अजय भेले रहेका छन् ।
चौगुठीले सट्टेबाजीमा ३ करोड बढीको कारोबार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया