१ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान (फोटो/ भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ ।

निर्वाचन आयोगमा आइतबार आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले बधाई दिएका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा (एमाले) का ३४, नेपाली कांग्रेसका ३२, नेकपा (माओवादी केन्द्र) का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच-पाँच जना निर्वाचित भएका छन् ।