१ कार्तिक २०८३, शनिबार

आइतबार फेरि बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाली बजारमा आइतबार फेरि सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा केहि घटेपनि आइतबार फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन तोलामा ६ सय रुपैँयाले बढेको हो । आज छापावाल सुन तोलाको एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार ९९ हजार ९ सयमा रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुन तोलाको १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।