१ कार्तिक २०८३, शनिबार

अनाधिकृत बस्ती हटाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुष । काठमाडौंको बागमती सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले हस्ताक्षर अभियान सुरु गरेको छ ।

सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने र विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय नगरी काठमाडौंको सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै समितिले काठमाडौंको बसन्तपुरबाट हस्ताक्षर अभियान सुरु गरेको हो ।

समितिले सहि सुकुम्वासी पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने माग राखेका छन् ।