
काठमाडौं, २८ मंसिर । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बन्ने सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हिरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ बन्ने सरकारको नेतृत्व आफूले गर्ने दाबी गरेका हुन् ।
‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको कखरा पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको आशिर्वाद लाग्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।’ प्रचण्डले भने ।
प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताए । उनले आफू प्रधानमन्त्री बने अविष्मरणीय काम गरेर देखाउने समेत बताए ।












प्रतिक्रिया