१ मंसिर २०८३, मंगलबार

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ ।

आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको आयोगले जनाएको हो ।

यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने जनाएको छ ।