
काठमाडौं, २७ मंसिर । नेपाल रेमिट इन्टरनेशनल प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिबीच व्यावसायिक सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् । सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रालि नेपाल रेमिट इन्टरनेशनल प्रालिको मुख्य प्रतिनिधि भएको छ ।
नेपाल रेमिट इन्टरनेशनलले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया