
काठमाडौं, २७ मंसिर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै सेवा सुविधा स्वत: वृद्धि हुँदै जाने बताएका छन् ।
संसद् सेवा दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले मंगलबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अहिले नै संसद् सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने कहीँ पनि ठाउँ नभएको भन्दै मुलुकको आर्थिक अवस्था सुधार भएसँगै सेवा सुविधा स्वत: वृद्धि हुँदै जाने बताएका हुन् ।
सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि बुझ्न जरुरी रहेको उनले बताए । विगतका भोगाइ र अहिलको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको धारणा उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रशासन सुधार सुझाव समिति, २०७० का संयोजक काशीराज दाहालले सरकारी सेवा सञ्चालनको सैद्धान्तिक पक्ष र संसद सचिवालयका सचिव सुदर्शन खड्काले संसद् सेवाको प्रभावकारिता : समीक्षा र आगामी कार्यदिशा विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया