१ कार्तिक २०८३, आइतबार

सामुदायिक विद्यालयले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : राष्ट्रपति (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयहरुले ध्यान दिनुपर्ने बताएकी छिन् ।

मंगलबार बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको भन्दै दक्ष जनशक्ति उत्पादनको आधार निर्माणका लागि सामूदायिक विद्यालयहरुले ध्यान दिनुपर्ने बताएकी हुन् ।

उनले मुलुकभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जाने युवा जनशक्तिलाई रोक्नुपर्ने अहिलेको आवश्यता भएको धारणा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले केन्द्र, प्रदेश र स्थानीय तहले सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक पूर्वाधारमा विशेष ध्यान दिन जरुरी रहेको पनि बताइन् ।