१ कार्तिक २०८३, आइतबार

अपर तामाकोशी हाइड्रोपावरले साढे १० अर्बको हकप्रद शेयर निष्कासन गर्ने, विक्री प्रबन्धक नियुक्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा नागरिक लगानी कोष, सह विक्री प्रबन्धकमा सनराईज क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले १:१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई जारी गर्न लागेको प्रतिशेयर १०० रुपैयाँका दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयरको हुने रकम १० अर्ब ५९ करोडको हकप्रद शेयर निष्कासन गर्ने लागेको हो ।

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुई पक्षीय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

नागरिक लगानी कोषले आफू मुख्य निष्कासन तथा बिक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीलाई सह–निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।