१ कार्तिक २०८३, आइतबार

रेशमको बहानामा अफताब आलमलाई पनि जेलबाट छुटाउँदै प्रधानमन्त्री देउवा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले रेशम चौधरीका साथै कुख्यात अपराधको आरोपमा जेलमा रहेका काँग्रेस नेता अफताब आलमलाई पनि आममाफी दिएर छुटाउने भएका छन् ।

रेशम चौधरी जेलबाट छुटेपछि अफताबलाई पनि सोही अध्यादेश अनुसार छुटाउन लागिएको हो । तत्कालका लागि हेर्दा रेशमका लागि जस्तो देखिए पनि अफताबलाई पनि छुटाउने भित्री खेलका साथ यो अध्यादेश ल्याइएको स्रोतको दाबी छ ।

रौतहटमा २०६४ सालको चुनावको अघिल्लो दिन बम बनाउँदै गर्दा पड्किएपछि अफताबले घटना लुकाउनका लागि घाइतेहरुलाई पनि जिउँदै लगेर इटाभट्टामा पोलेका थिए ।

यो घटना अहिले पनि सम्झिँदा जो कोहीको आङ सिरिङ्ग हुन्छ । तर, प्रधानमन्त्री देउवाले राजनीतिको आवरणमा अपराधीलाई छुट दिन लागेपछि विभिन्न राजनीतिक दल र कानुनविद्हरुले विरोध गरिरहेका छन् ।