१ मंसिर २०८३, मंगलबार

घरयासी विवाद हुँदा एक महिलाले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाइन्

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, २६ मंसिर । मकवानपुरको राक्सिराङ्ग-३ पलासेमा एक महिलाले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएकी छिन् ।

आइतबार राति स्थानीय ३० वर्षीया रिना ब्लोनले घरयासी विवादको कारण आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भएको प्रहरी जनाएको छ ।

गम्भीर घाइते भएकी ब्लोनलाई उनको श्रिमानले उपचारको लागि चितवन ल्याएको तर चितवनमा उपचार सम्भव नभएपछि काठमाडौंको किर्तिपुर अस्पताल रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।