१ कार्तिक २०८३, आइतबार

विकास निर्माणको काममा ढिलासुस्ती र भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा ल्याउन एमालेको माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २६ मंसिर । जिल्लाको विकास निर्माणका काममा ढिलासुस्ती र भ्रष्टाचार गर्नेहरूलाई कानुनी दायरामा ल्याउन खोटाङ एमालेले प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईंको ध्यानाकर्षण गराएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका रमेशकुमार पौडेलको नेतृत्वमा आज सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लाका विभिन्न विकासे आयोजनाहरू चाँडो सम्पन्न गराउने पहलकदमी लिइदिन आग्रह पनि गरिएको छ ।

खोटाङ विकाको राष्ट्रिय मूल प्रवाहबाट हेपिएको, सरकार र सत्ताले दिनुपर्ने यथोचित ध्यान नदिदा आफूहरू चिन्तित भएको ज्ञापनपत्रमा उल्लेख छ । खोटाङको पीडालाई सरकार र सत्ताले कहिल्यै आफ्नो नसम्झेको उल्लेख गर्दै विकासका लागि आएका बजेट र भएका ठेक्काहरूमा निर्माण व्यवसायीहरूबाट भइरहेको लापर्बाही र सरकारका निकायहरूको उदासिनताका कारण काम अगाडि बढ्न नसकेकाले प्रमुख जिल्ला अधिकारीबाट पहलको अपेक्षासहित ज्ञापनपत्र बुझाइएको नेता पौडेलले जानकारी दिएका छन् ।

उनले खोटाङमा लापर्बाही र ढिलासुस्ती भएकाका विभिन्न योजना र आयोजनाहरूलाई ११ वटा बुँदामा सूचीकृत गरी प्रजिअ सेढाईंको ध्यानाकर्षण गराएका छन् ।

हेर्नुहोस् ज्ञापनपत्र–