
काठमाडौं, २६ मंसिर । काठमाडौँ महानगरपालिकाले महानगर दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको छ ।
सोमबार दशरथ रंगशालामा जनप्रतिनिधिको एक टोली र कर्मचारीको टोलीबीचको मैत्रीपूर्ण फुटबल भएको हो ।
खेलमा कर्मचारीको टोलीले जनप्रतिनिधिको टोलीलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । जनप्रतिनिधिको टीमको नेतृत्व काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र कर्मचारी टीमको नेतृत्व बसन्त अधिकारीले गरेका थिए ।
जनप्रतिनिधिको टोलीमा मेयर शासहित महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीको टोलीमा महानगरका कर्मचारी र नगर प्रहरीका प्रमुख राजु पाण्डेसहित नगर प्रहरीहरु सहभागी थिए ।
महानगरकी उपप्रमुख सुनिता डंगोल पनि रंगाशामा उपस्थित थिइन् । तर उनी खेलाडीका रुपमा मैदान प्रवेश भने गरिनन् । उनले बाहिरै बसेर बालेनको टीमको पक्षमा हुटिङ गरेको देखिन्थ्यो ।
महानगरले सप्ताहव्यापी कार्यक्रमसहित २८औँ महानगर दिवस मनाइरहेको छ ।















प्रतिक्रिया