५ कार्तिक २०८३, बिहिबार

रवि लामिछाने भन्छन्– अध्यादेश ल्याउने कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा, तत्काल फिर्ता हुनपर्छ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अध्यादेश ल्याउने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

संसद् बस्न लागेको अवस्थामा अध्यादेश ल्याउन हतार गरेर नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको भन्दै लामिछानेले अध्यादेश ल्याउने निर्णय फिर्ता हुनुपर्ने उल्लेख गरेका छन् ।

चितवन २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्ः

अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेमश चौधरीलाई छुटाउने मुख्य उद्देश्य राखेर मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।

कैलालीमा २०७२ मा भएको टीकापुर घटनामा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् ।