
काठमाडौं, २६ मंसिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् ।
महाशाखाका अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ भने देशका पूर्वी तराईका केही स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको छ ।
महाशाखाका अनुसार यस्तो आजको मौसमः
२०७९ मंसिर २६ गते (सोमबार)
दिउँसो ː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती ː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।












प्रतिक्रिया