१ कार्तिक २०८३, आइतबार

अध्यादेश ल्याउने निर्णय कानुनी, राजनीतिक र नैतिक रूपमा गलत छ : कांग्रेस महामन्त्री शर्मा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद विश्वप्रकाश शर्माले अध्यादेश ल्याउने सरकारको निर्णय सम्पूर्ण रूपले गलत भएको बताएका छन् ।

आज आइतबार बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेमश चौधरीलाई छुटाउने मुख्य उद्देश्य राखेर मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।

उक्त निर्णय गलत भएको बताउँदै महामन्त्री शर्माले प्रधानमन्त्री एवम् पार्टी सभापतिलगायत सरकारको विरोध गरेका हुन् । आफू सडकमा हुँदा जुन रूपमा सत्ताको विरोध गरिन्थ्यो सोही अनुसार विरोध गरिएको उनको भनाइ छ ।

‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यहीनै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति !’ उनले ट्विट गर्दै भनेका छन्, ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, ‘प्रधानमन्त्रीज्यू’ यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ !’

कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् ।

तर, अझै प्रधानमन्त्री हुने लालसा बोकेका प्रधानमन्त्री देउवाले भने गठबन्धनलाई बलियो बनाउन तथा आफ्नो पक्षमा सांसद संख्या बढाउन गम्भीर निर्णय लिएका हुन् ।

अझ काम चलाउ सरकारले गरेको गम्भीर र यो महत्वपूर्ण निर्णयको चौतर्फी आलोचना हुन थालेको छ ।