
काठमाडौं, २५ मंसिर । ५४ जना सन्तानको पिताका रुपमा चर्चित रहेका पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको नोशकी जिल्लामा रहँदै आएका उनको ७५ वर्षको उमेरमा निधन भएको हो ।
६ जना महिलासँग विवाह गरेका उनको पहिलो विवाह १८ वर्षको उमेरमा भएको थियो । जसमध्ये उनका २ वटी श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।
उनका ५४ सन्तानमध्ये १२ सन्तानको पनि यसअघि नै निधन भइसकेको छ । उनका २२ जना छोरा र २० जना छोरी गरी कुल ४२ जना सन्तान जीवित छन् ।
उनका नातिनातिना र पनाति पनातिनाको संख्या खुलेको छैन् ।















प्रतिक्रिया