१ कार्तिक २०८३, आइतबार

निर्वाचन आचारसंहिता फुकुवा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता भोलि (मंसिर २६ गते) देखि लागू नरहने निर्णय गरेको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागू गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।