३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा माल्दिभ्स र न्यूजिल्याण्डका लागि राजदूत नियुक्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र न्यूजिल्याण्डका लागि राजदूत नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रीलंकाका लागि राजदूत रहेका बासुदेव मिश्रलाई माल्दिभ्सका लागि राजदूत नियुक्त गरिएको छ भने अष्ट्रेलियका लागि राजदूत रहेका कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।