३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य प्रतितोला १ लाख ५ सय

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेर एक लाख पाँच सय पुगेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १०ले बढेर रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।