१ कार्तिक २०८३, आइतबार

पहिलो पटक अफ्रिकी राष्ट्र मोरक्को विश्वकपको सेमिफाइनलमा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहास्थित अल थुमा रंगशालामा गएराति भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्ने मोरोक्को पहिलो देश हो । यसअघि तीन पटक अफ्रिकी टोली क्वाटरफाइनलबाटै बाहिरिएका थिए । सन् १९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घाना क्वाटरफाइनलमा पुगे पनि सेमिफाइनलको यात्रा तय गर्न असफल भएका थिए ।

मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो । अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।