
काठमाडौं, २४ मंसिर । अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
शुक्रबार राति सम्पन्न क्वाटरफाइनल खेलमा नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलिबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
यसअघि अर्जेन्टिनाका लागि नाहूएल मोलिना र लियोनेल मेसीले एक/एक गोल गरेका थिए भने नेदरल्याण्डसका लागि दुवै गोल वोउट वेघोर्स्टले गरेका थिए ।















प्रतिक्रिया