३० आश्विन २०८३, शुक्रबार

रेशम चौधरी लगायतका कार्यकर्ता रिहा गरे नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुनका लागि शर्त अगाडि सारेको छ ।

शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले रेशम चौधरीसहित टिकापुर हत्याकाण्डको आरोपमा कारागारमा रहेका कार्यकर्तालाई रिहा गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

रेशमसहितका नेताहरूलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय भएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।