३० आश्विन २०८३, शुक्रबार

बहुविवाह गरेका यी नेतालाई सांसद नबनाउन मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । बहुविवाह गरेका नेतालाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै अभिवक्ता केदार लुईंटेलले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रेमराज थाम्सुहाङ प्रदेश १ को समानुपातिकको पहिलो सूचिमा, नेकपा मालेका कृष्णबहादुर आलेलाई छैठौं नम्बरमा, मालेकै प्रतिनिधि सभाको लागि समानुपातिक सूचीको एकसठ्ठीऔं नम्बरमा चयन भएका चिरञ्जीविराम थारु बुहविवाह गरेका व्यक्तिहरु हुन ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिनिधि सभाको लागि समानुपातिक सूचीको सत्ताइसौँ नम्बरमा चयन भएका अकवाल कविराज, लोकतान्त्रिक संघीय मञ्चबाट ज्ञान बहादुर इबुङ लिम्बु र एमालेबाट समानुपातिक प्रदेश सभा लुम्बिनीको लागि समानुपातिकको सूचीमा १२औँ नम्बरमा चयन भएका चक्रपाणी शर्मा समेत बहुविवाह गरेका व्यक्ति हुन ।

बहुविवाहको कसूर गर्ने व्यक्तिलाई जेल हाल्नुको सट्टा सांसद बनाउन खोज्नु गलत भएको उजुरीकर्ताको माग छ ।