३० आश्विन २०८३, शुक्रबार

हराएको अमेरिकी विमान सिंगटीमा भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

army heli
काठमाडौं, ३० वैशाख ।  मंगलबारदेखि हराएको अमेरिकी सेनाको हेलिकप्टर बुधवार साँझ भेटिएको छ । मंगलबार दिउसो दुई बजेदेखि हराइरहेको उक्त हेलिकप्टर नेपाल विद्युत प्राधिकरणको दोलखा स्थित निर्माणाधीन सिंगटी सबस्टेसनमा भेटिएको हो ।

उक्त हेलिकप्टर भूकम्प पीडित क्षेत्रमा राहत वितरणका लागि प्रयोग गरिएको थियो । लामो समयसम्म सम्पर्क वाहिर रहेपछि उक्त हेलिकप्टरको खोजी कार्यलाई सरकारले तिब्रता दिएको थियो । उक्त हेलिकप्टर सिंगटी सब स्टेशनको कम्पाउण्ड भित्रै सुरक्षित रुपमा अवतरण गरेको सरकारले जनाएको छ । उक्त हेलिकप्टरमा रहेका ६ अमेरिकी र २ नेपाली सैनिक सकुसल रहेको पनि सरकारले बताएको छ । सिंगटीमा गएको पहिरोको कारण उक्त हेलिकप्टरको उडान गर्न  नसकिएको सूचना प्राप्त भएको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले जानकारी दिए ।

बुधबार दिनभरी नेपाली सेनाको युद्धभैरव गणबाट खटिएको सेनाको विशेष उद्दार टोली तथा अमेरिकी सेनाको विशेष विमानले बुधबार साँझसम्मै हेलिकप्टरको खोजीकार्य गरिरहेको थियो ।