
काठमाडौं, २१ मंसिर । नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि मंगलबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया