
काठमाडौं, २१ मंसिर । डोटीमा चितुवाको आक्रमणमा परेर पाँचजना घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका वडा नम्बर–५ बटालामा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका हुन् ।
चार वर्षीय बालक सिद्व बटाललाई घरमै आक्रमण गरेपछि स्थानीयले चितुवा भगाउने क्रममा अन्यलाई पनि घाइते बनाएको हो ।
घाइते हुनेहरुमा ४५ वर्षीया स्थानीय देवी बटाला, उनका ४ वर्षका नाती सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन् ।
उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्यस्थिति सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया