१ मंसिर २०८३, मंगलबार

मकवानपुरको भीमफेदीमा महोत्सव हुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २१ मंसिर । ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचारप्रसार उद्देश्यले मकवानपुरको भीमफेदी गाउँपालिकामा प्रथम पटक भीमफेदी–हेटौंडा–सामरी महोत्सव मेला हुने भएको छ ।

ओमशक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलमा सो महोत्सव तयारीबारे जानकारी गराइएको छ । यही मंसिर २९ गतेदेखि पुस १० गतेसम्म भीमफेदी वडा नं १ को खोप्लाङमा महोत्सव मेला आयोजना हुने बताइएको छ ।

महोत्सवमा स्थनीय व्यापार व्यवसाय, हस्तकला, उत्पादित सामग्रीको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन हुने विश्वासले सो महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । प्रालिका अध्यक्ष अजित राईले महोत्सवमा दुई सय व्यापारिक कक्ष रहने बताउँदै महोत्सवमा राष्ट्रिय कलाकार धीरज राई, बद्री पङ्गेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहानलगायत कलाकारको कला प्रस्तुति हुने जानकरी दिए ।

मेलामा वाल उद्यम, विभिन्न खेलकुद, खाना, लत्ताकपडा, स्थानीय उत्पादन, कृषि प्रदर्शनीलगायतका व्यापारिक कक्ष रहने अध्यक्ष राईले बताए । सो अवसरमा भीमफेदी गाउँपालिका–१ का अध्यक्ष सोमबहादुर स्याङ्तानले ग्रामीण क्षेत्रको समग्र विकासमा यस मेला महोत्सवबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।