३० आश्विन २०८३, शुक्रबार

श्रीमानले श्रीमतीको टाउको काटेर झोलामा बोकेर हिँडेपछि…

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । सुर्खेतमा श्रीमतीको टाउको काटेर झोलामा बोकेर हिँड्ने श्रीमान पक्राउ परेका छन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका-३ तोक्मा बजार निवासी ३८ बर्षीय अमरबहादुर आले मगरले श्रीमतीको टाउको काटेर झोलामा बोकेर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मंगलबार दिउँसो साढे तीन बजे प्रहरीले नियन्त्रणमा लिएको हो । अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन्।

आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको अमरबहादुरले प्रहरीलाई बताएका छन्।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।