
काठमाडौं, २० मंसिर । माधव नेपालको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङबाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद दीपक मनाङे काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दबङ शैलीमा प्रस्तुत भएका छन् ।
सुरुमा उनले पत्रकार सम्मेलनलाई सम्बोधन नमानेपछि पार्टीका महासचिव वेदुराम भुसालले बोले । पछि पत्रकारहरूले प्रश्न सोध्न थालेपछि उनी बल्ल बोल्न तयार भए । तर प्रश्नको आशय नै बुझेनन् ।
मन्त्री बन्ने कुरा पार्टीले निर्णय गर्ने बताएका मनाङेले मुख्यमन्त्री पद चाँहि पाए पनि नलिने बताए ।
समाजवादीमा आएपछि के सिक्नुहुन्छ ? भन्ने प्रश्नमा मनाङेले आफू एकीकृत समाजवादीमा पढन नआएको बताए ।















प्रतिक्रिया